माछापुच्छ्रेले गर्यो ओम एक्सप्रेस पेमेन्टसँग रेमिट्यान्स सम्झौता

khabarwave
४ आश्विन २०७७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ ।

Loading spinner