९ जना सहसचिवहरुको सरुवा,पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिभिल समूह र हाइ-वे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेको छ । एक जनाको काज फिर्ता भएको हो भने ८ जनाको सरूवा भएको हो ।
त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ ।
यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा सरुवा गरिएको छ ।
यसैगरी पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनको जिम्मेवारी खोसिएको हो ।
मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।उत्तर दक्षिण तथा व्यपारिक मार्ग विस्तार आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।त्यस्तै उपमहानिर्देशक कुवेर नेपालीलाई सडक विभागको पुल आयोजना समन्वयकर्ताबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा जिम्मा दिइएको छ ।
मन्त्रालयले डेढ महिनापछि यातायात व्यवस्था विभागमा पनि नयाँ महानिर्देशक पनि पठाइसकेको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा पठाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएका छन् ।