९ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस (सिफारिसमा काे-काे सूचिसहित)

khabarwave
१३ पुष २०७७

काठमाडौं । प्रहरीकाे बढुवा सिफारिश  समितिले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

डीआईजी बढुवा गर्न सिफारिस गरिएका वरिष्ठ उपरीक्षकहरूमा गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका १४ जना प्रहरी वरिष्ठ उपरिक्षकहरु डिआईजी बन्ने प्रतिस्पर्धामा थिए । सो ब्याचबाट ७ जना बढुवा सिफारिसमा सूचीमा अटाएका छन् । उनीहरु ०४९ वैशाख १९ मा सेवा प्रवेश गरेर बढुवामा पछि परेका थिए ।

Loading spinner