८ महिनापछि प्रधानमन्त्रीले यसकारण डाँके सर्वदलीय बैठक

khabarwave
२२ मंसिर २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरुका छन । भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेकाे र त्यसयता सर्वदलीय बैठक बसेको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाइ बैठकमा बाेलाइएकाे बताइएकाे छ ।

पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित ,समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाइएकाे हाे , स्राेतले भन्याे । सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।

 

Loading spinner