७ जना किशोरी र बालिका वेपत्ता, गाउँमा त्रास उत्पन्न

khabarwave
१८ चैत्र २०७७

काठमाण्डाै । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ । प्रहरीले  घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता भएकाे र  खोजी गरिरहेका जनाएकाे छ । तर अहिलेसम्म कुनै सूचना प्राप्त नभएकाे बताइएकाे छ ।
वेपत्ता भएकामा १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन ।

 

 

 

Loading spinner