
५२ वर्षीय पुरुषको मृत्यु
१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो ।