४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार

khabarwave
२० कार्तिक २०७७

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३हजार ५१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२सय ९ महिला र १८सय ४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३सय ९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १हजार ९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।

मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको छ। १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

 

Loading spinner