३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिए

khabarwave
१८ कार्तिक २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेर संख्या १ हजार ४ पुगेको छ।

मन्त्रालयका अनुसार  अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको  छ।

 

Loading spinner