३ लाख ४८ हजार डोज खोप आइपुग्दै
काठमाडौं ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्याले जनाएकाे छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।