३८औं वार्षिकोत्सवमा ६ बिधामा पदक तथा पुरस्कार घोषणा

khabarwave
१ आश्विन २०७७

नेपाल अबुर्द रोग निवारण संस्थाको  संस्थाको ३८औं वार्षिकोत्सवकाे  विशेष कार्यक्रमका  अवसरमा विभिन्न विधामा याेगदान पुन्याउने संस्था र ब्यक्तिलाइ    ६ वटा पुरस्कार घोषणा गरिएको छ । पुरस्कार प्राप्त गर्नेहरुमा पुष्पराज कर्णिकार रनिङ शिल्ड पुरस्कार सस्थाको उदयपुर जिल्ला शाखालाई  दिइएको छ ।त्यस्तै अबुर्द रोग उत्कृष्ट सेवा पत्रकारिता पुरस्कार पत्रकार भबिन्द्र  कार्कीलाई दिएको छ। सानु छोरी शाक्य स्मृति क्यान्सर सेवा पदक यती केम प्रालिका पृथ्बीराज बैद्यलाइ र भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा.  प्रभु साहलाई वितरण गरिएको छ ।

त्यस्तै दुर्गा बादुर उत्कृष्ट शाखा सभापति पदक भक्तपुर जिल्ला शाखाका सभापति श्रीधर राठाैरले पाएका  छन ।गोमादेवी  बालस्मृति पदक मध्यमाञ्चल संयोजक गणेश कोइरालाले पाएका छन् ।पुरस्कारहरूको घोषणा  बुधाबार संस्थाको ३८औं वार्षिकोत्स कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री गगन थापा मह जाेडी बिशिस्ट अतिथी मदनकृष्ण श्रेष्ठ ,हरिवंश आचार्य ,वरिष्ठ कानून व्यवसायी ज्योति बानियाँ को उपस्थितीमा घोषणा गरिएको हो । कार्यक्रम अनलाइन प्रविधिबाट  आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष   महेश श्रेष्ठले स्वागत मन्तव्य हुनुभएको थियो भने सस्थाका महासचिब बिमल होडाले कार्यक्रममा संस्थाकाे बार्षिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका  निवर्तमान अध्यक्ष    लाेकेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Loading spinner