३३ वर्ष सेवा गरेर सचिव बेलवासेकाे निजामती सेवाबाट अवकास

khabarwave
१४ जेष्ठ २०७८

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले निजामती सेवाबाट अवकास पाउनु भएकाे छ  । सचिव बेलवासे जेठ १३ गतेसम्म ३३ वर्ष ३ महिना र २० दिन सेवा गरेर निजामती सेवाबाट विदा लिनुभएकाे हाे  ।

मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेकोमा सचिव बेलवासेले सम्पूर्ण कर्मचारीहरुप्रति आभार ब्यक्त गर्दे कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद एवं आभार ब्यक्त गर्नुभएकाे हाे  ।  सचिब  बेलवासेले कार्यकालकाे सबैभन्दा बढ़ी अवधि सेवा गरेको मेरो प्यारो सिंचाइ विभागका अग्रज सरहरु र सहकर्मी साथीहरूप्रति आभारी ब्यक्त गर्दे विभिन्न निर्देशन दिई कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक नेतृत्वप्रति पनि आभारी प्रकट गर्नु भएकाे छ ।  सचिव माधव बेलवासे करीब २१ महिना खानेपानी मन्त्रालयमा कार्य गरी एउटा इतिहास खडा गरेर विदा हुनुभएकाे हाे । उहाँकाे नेतृत्वकाे टीम र  २१ महिनाकाे मेहनत र परिश्रमले मेलम्चीकाे पानी काठमाडाैं उपत्यकामा आएकाे छ र दसकाैं देखिकाे उपत्यकावासीकाे तिर्खा मेटिदैछ  ।

सरकारले सचिव बेलवासेको विवादरहित र उत्कृष्ट कामको उच्च मूल्यांकन गर्दै संवैधानिक परिषद्ले लोक सेवा आयोग जस्तो महत्वूर्ण निकायको सदस्यका लागि सिफारिस गरेको छ।

Loading spinner