२५सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

khabarwave
२४ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २५सय ७१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।

१ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७ सय ९८ जना संक्रमणमुक्त भएका हुन् ।

 

Loading spinner