२४ घण्टामा ११ सय ३३ जना कोरोना संक्रमण मुक्त

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै । २४ घण्टामा नेपालमा थप २ हजार ४सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयले  उपत्यकामा मात्रै १ हजार ५सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । काठमाडौंमा ११सय ७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११सय ३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

Loading spinner