२४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु ,सक्रिय संक्रमितको संख्या ३६ हजार पुग्याे

khabarwave
२७ आश्विन २०७७

काठमाण्डाै । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण हुँदा  ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि  भएकाे छ ।

काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ पुगेकाे छ । हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको बताइएकाे छ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।
कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको छ ।

Loading spinner