२३ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,पीसीआर परीक्षण १४ लाख १९ हजार ६४ पुग्याे

khabarwave
१३ कार्तिक २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप २३सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७सय ६९ जनाको पीसीआर परीक्षण भएको छ भने यससँगै हालसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सय १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७सय ४ महिला र ९सय ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ।
यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् ।
हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो ।

Loading spinner