१७ जनाको मृत्यु, २ हजार ५ सय ८ संक्रमित थपिए

khabarwave
१५ कार्तिक २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बितेको २४ घण्टामा देशभर थप २ हजार ५सय८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् । मन्त्रालयका अनुसार ९ हजार २सय ७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी  थप २ हजार २६४ जना कोरोनामुक्त बनेसँगै  १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।
बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

 

Loading spinner