१४ जना कर्मचारी सवार जिप दुर्घटनामा प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु ,
काठमाण्डाै । बुधवार बिहान प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ ।
नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।