१३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण,उपत्यकामा ८सय १७ संक्रमित थपिए

khabarwave
१२ आश्विन २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।या सँगै  कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् ।  १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८सय १७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६४९ जना, ललितपुरका १३२ र भक्तपुरका ३६ जना छन् ।

 

Loading spinner