१२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २८सय ५६ मा संक्रमण पुष्टि

khabarwave
९ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७सय ८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । त्यस्तै ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

Loading spinner