११ प्रतिशत लाभांश दिने सिटिजन्सको घोषणा

khabarwave
४ कार्तिक २०७७

काठमाडौं । विषम परिस्थितिका बाबजुद सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।

२०७७ साल कार्तिक ३ गते सोमबार बसेको ३४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

Loading spinner