१० मिनेटको अन्तरमा दुई भूकम्प , कयौं घरहरु चर्किए

khabarwave
१ फाल्गुन २०७७

काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् ।  भूकम्प ताजकिस्तानमा र  चीनको सिचुवानमा गएको बताइएकाे छ।अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको उक्त भूकम्पलाइ नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प मापन गरिएकाे छ ।भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म र अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत  महसुस गरिएको थियो ।

भूकम्पका कारण भारत कश्मीरका कयौं घरहरु चर्किएको र पन्जाबको अमृतसरमा एक घर भत्किएको बीबीसीले जनाएको छ । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले भने भूकम्पका कारण कुनै प्रकारको क्षति भएको जानकारी नआएको बताएका छन् ।

 

Loading spinner