
‘हेडकाउन्ट’बिरूद्व सर्वोच्चमा मुद्वा
काठमाण्डाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउन्ट’ का लागि बोलाएको निर्णय रोक्न ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८र४र७ गतेको आदेश उत्प्रेषणको आदेशद्वार बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोमिज जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३र३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ ।