हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने-प्रवक्ता  शर्मा

khabarwave
८ कार्तिक २०७७

काठमाण्डाै ।  नेपाली कांग्रेसले पर्सा घटनाको वारेमा तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरि सरकारसँग माग गरेको छन।

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता  शर्माले विज्ञप्तिमा पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छन।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए।त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

Loading spinner