हङकङमा नेपाली रेष्टुरेन्ट आगलागी हुँदा बागलुङका ७ जनाको ज्यान गयो, ७ जना गम्भीर

khabarwave
२ मंसिर २०७७

काठमाडौं । हङ्कङको जोर्डनमा रहेको एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी भएको थियो ।

आगलागीमा परेर ९ वर्षदेखि ४० वर्षभित्रका चार पुरुष र तीन महिलाको मृत्यु भएको जनाइएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् । सो आगलागीमा परेका अधिकांश बाग्लुङका जिल्ला छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

ङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मदत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् । साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।

घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

Loading spinner