स्वास्थ्य नै बिगार्ने खानेकुरा किन खाने ?

khabarwave
१० कार्तिक २०७७

हामी धेरैजसो स्वादे जिभ्रो नै हौं । स्वादिष्ट भोजनमा हाम्रो चरम रुचि छ । स्वास्थ्यलाई हानि गर्ने भएपनि जिभ्रोलाई नियन्त्रणमा राख्न नसकेर हामी कतिपय बजारिया खानेकुरा खाइरहेका हुन्छौं । बजारिया खानेकुरामा अनेक हानिकारक कुरा मिसाइएको हुन्छ जसको सेवनबाट व्यक्ति बिरामी हुन्छ । आउनुस् जानौं यस्ता केही खानेकुरा ः

कुकिज
हामी प्याकेटमा बन्द गरिएको कुकिज रमाएर खान्छौं तर यसमा हाइड्रोजन प्रयोग गरिएका तेलका साथै बटर र चिनी प्रयोग गरिएको हुन्छ । अझ, रंग पनि हालिएको हुन्छ । यसले स्वास्थ्यमा खराब असर गर्छ ।

फास्टफूड
बजारमा बिक्री हुने फास्टफूडमा बिरामी गराउने कैयौं तत्व विद्यमान हुन्छ । यसमा सोडियम, चिनी, ट्रान्स फ्याट जस्ता तत्व अत्यधिक हुन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

बटर
बटर किन्दा एकदमै ध्यान पुर्याउनुपर्छ । आजकल बजारमा नक्कली बटर छ्यापछ्यापती पाइन्छन् । तिनमा कोलेस्ट्रोल, अनेकथरी रसायन र बोसो हालिएको हुन्छ ।

Loading spinner