स्थिर सरकारकाे अस्थिर मन्त्रालय, जहाँ २ वर्ष ९ महिनामा ४ मन्त्री फेरिए

khabarwave
१३ पुष २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकाे कार्यकालमा अहिलेसम्म स्वास्थ्यमन्त्रालयमा ४ मन्त्री फेरिएका छन । ओली सरकार गठन भए       २ वर्ष ९ महिना पुगेकाे छ ।  ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि सामान्य प्रशासन मन्त्रालय सम्हालेका हृदयेश त्रिपाठीलाई दिएका छन्। यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा स्वास्थ्यको जिम्मेवारी पद्मा अर्याललाई दिएका थिए। राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय प्रवेश गरेकी भएपनि अर्याललाई त्यसबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो। अर्यालले केहि समय काम गरेपछि उनकाे भुमिसुधार मन्त्रालयमा सरूवा भयाे ।

२०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी दिइयाे । २०७६ मंसिर ५ गते यादव भारतमा रहेका बेला प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयमा सरुवा गरिदिए भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मा पाए। ढकाल स्वास्थ्यमन्त्री भएको १३ महिनापछि उनका ठाउँमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ। ढकाललाई भने पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

 

मन्त्री ढकाललाई कोरोना भाइरसको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिदलगायतका विषयमा भ्रष्टाचार गरेको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन अघि बढाएको बताएको छ। प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेकाे याे अबधिमा स्वास्थ्य मन्त्रालयलाई स्थिर बन्न दिएका छैनन्। ४ जना मन्त्री र ७ जना सचिव भइसकेका छन ।।

 

 

 

 

 

Loading spinner