स्थायी सरकारलाई चलाउँदा बालुवाटारमा खैलाबैला, पद्दति मिच्दा ब्याक गियर

khabarwave
५ कार्तिक २०७७

काठमाण्डाै । मन्त्रिपरिषद् बैठकले आफैले गरेको सचिब सरुवाकाे निर्णय सरकारका प्रवक्ताले सार्वजनिक गर्ने बेलासम्म पुग्दा यताउता गरिएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन संख्यामा सचिबहरू यता उता गरेको निर्णय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए। तर साेमबार सरकारका प्रवक्ता एंब संचारमन्त्री पार्बत गुरूङले निर्णय सुनाउदा  आधा दर्जन सचिबकाे सरूवा संशोधन भइसकेकाे थियाे । सरूवा भएकाे निर्णयकाे मसी सुक्न नपाउँदै पहुँचकै आधारमा सरुवा संशोधन भएको छ  ।

यसरी संशोधन हुनेमा एकनारायण अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन । उनको सरुवा पर्यटन मन्त्रालय भएको भनेपनि संशोधन गरेर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गरिएको छ । उनले पदबहालीसमेत गरिसकेका छन् ।सामान्य मा पठाइएका यादव कोइराला पर्यटन मन्त्रालयमा पुगेका छन । यस्तै एकजना भाग्यमानी सचिब  छन् यी हुन् -युवा तथा खेलकुद सचिव रामप्रसाद थपलिया ।

थपलियाकाे सरूवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएपनि पहुँचकै भरमा  युवा तथा खेलकुदमै रहन सफल रहेका छन । त्यस्तै काठमाडौँ महानगरपालिकामा सरूवा गरिएका मधुसुदन अधिकारीलाई सिचाई मन्त्रालय पठाइएको छ ।उनलाई व्यवस्थापन गर्नकै लागि गर्नको लागि नेपाल ट्रष्टका सचिव सागर राईलाई  जबरजस्ती रुपमा ऊर्जा आयोगमा सरूवा गरिएकाे छ । सचिब देवेन्द्र कार्कीकाे नेपाल ट्रष्टको कार्यालय सरुवा गरिएको छ । त्यसअघि कार्कीकाे ऊर्जा आयोगमा सरूवा गरिएकाे थियाे ।

सार्वजनिक अनुगमन कार्यालयमा सूर्य गौतम पठाइएको छ। गौतमको सरूवा  युवा तथा खेलकुद मन्त्रालय भएको भनिएको थियो। यसरी सरकार आफैंले गरेको निर्णय सच्याउनुमा सरूवाकाे सूचना सार्वजनिक भएपछि कमजोर निकायमा सरूवा भएका सचिवले पहुँचकै प्रयाग गर्नु हाे । स्थायी सरकार मानिने  कर्मचारीकाे नेतृत्व गर्ने सचिवहरुकाे सरुवामा यति बेथिति छ भने अन्य साना तहका कर्मचारीकाे सरूवामा पद्दति खाेज्नु बेकार छ ।

Loading spinner