स्थानीय सरकारकाे स्वमूल्याङ्कन गर्न सङ्घीय सरकार तात्याे,नतिजा पठाउन ७५३ तहलाइ परिपत्र

khabarwave
२९ मंसिर २०७७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई नतिजा पठाउन परिपत्र गरेकाे  छ । मन्त्रालयले  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि अनुसार परीक्षण नतिजा पठाउन भनेको हो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, २०७६ लगायत कानुनमा स्थानीय तहको कार्य जिम्मेवारी तोकेको विषय कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नागरपालिका बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ स्वीकृत गरिसकेको छ ।

स्थानीय तहको कार्यसम्पादन, स्थानीय सुशासन तथा स्थानीय तहको समग्र सेवा प्रवाहको स्वमूल्याङ्कन हुने सूचकसहित तर्जुमा भएको कार्यविधिअनुशार संस्थागत क्षमता स्वमूल्याङ्कन गरी परीक्षण नतिजा मन्त्रालयमा पठाउन सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरिएको हो ।

 

Loading spinner