स्थगित नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक कात्तिक २१ गते

khabarwave
१३ कार्तिक २०७७

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बोलाएको छ ।यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

बैठक कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्तिमार्फत  बताएका छन् । बिज्ञप्तिमा केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Loading spinner