सिभिल बैंकको बदमासीबारे नेप्सेले माग्यो स्पष्टिकरण

khabarwave
५ आश्विन २०७७

काठमाडौं । मर्जरको हल्ला फैलाएको विषयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक सँग स्पष्टिकरण मागेको छ। सिभिलले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा बजारमा हल्ला भएको तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको विषयमा स्पष्टिकरण माग गरेको हो। नेप्सेले बैंकलाई आज असोज ५ गते बजार खुल्नु अघि नै आइपुग्ने गरी कम्पनीको भनाई मागेको छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को ९च० बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था छ। तर, सो व्यवस्था बमोजिम बैंकको तर्फबाट त्यस्तो कुनै सूचना प्राप्त नभएको तर बजारमा सो समाचारले मूल्य प्रभावित भएपछि नेप्सेले बैंकलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

Loading spinner