सिन्धुपाल्चोकमा फेरी  बाढीपहिराेकाे बितण्डा,दर्जनाै बेपत्ता,केहिकाे शब फेला,बिहानै सभामुख प्रभावितस्थल प्रस्थान

khabarwave
२८ भाद्र २०७७

काठमाडौं । सिन्धुपाल्चोक फेरी  बाढीपहिराेकाे चपेटामा परेकाे छ ।जिल्लाकाे  बाह्रबिसे नगरपालिका–७ नागपुजेमा सनिबार राति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएकाे छ ।हालसम्म एकजनाको शव फेला परेको छ । घट्नास्थलमा घट्नास्थलतर्फ स्थानिय जनप्रतिनिधि, नेपाली सेना ,प्रहरी र सशस्त्र प्रहरीको टोली गएकाे छ ।  माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको  हाे ।जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । हताहतीको विवरण आउनेक्रम जारी छ।घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भीक सूचना आएको बताइएकाे छ ।

यता, बाह्रबिसे नगरपालिकाकी भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएककाे स्थानियले जानकारी दिएका छन  । लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका  पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ बिहानै स्थलमार्गबाट       प्रस्थान   गरेका छन् । उनी  सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ  उनि त्यता प्रस्थान गरेका हुन ।मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

 

Loading spinner