सिद्धार्थले दिनेभाे १० करोडसम्म व्यवसायीक कृषि कर्जा

khabarwave
२२ कार्तिक २०७७

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।

यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषताहरू निम्न बमोजिम छन् : रु. १० करोड सम्मको कर्जा सुविधा । प्रशासनिकरनवीकरण शुल्क नलाग्ने । १५ वर्ष सम्मको कर्जा अवधि ९ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने व्यवस्था मिलाइएकाे छ ।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

Loading spinner