सिडियाे भट्टराई कोरोनाबाट संक्रमित

khabarwave
१७ कार्तिक २०७७

काठमाण्डाै ।  गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमवार संक्रमित भएपछि सामाजिक संजालमा  प्रजिअ भट्टराईले लेखेका छन -दशैंसँगै लागेको रुघा, खोकी तथा टाउको दुखाईपश्चात आफुलाई शंका लागि गत १४ गते दिएको स्वाव टेष्ट गर्दा पोजेटिभ देखिएको जानकारी पाइयो । म स्वयं गत विहिबार देखिनै क्वाटर आइसोलेशनमा बसेको छु । आम गोरखा जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरुलाई कोरोना संक्रमणबाट बच्नको लागि अपनाउनु पर्ने रणनीति अपनाउन अनुरोध गर्दा गर्दै आफुलाई नै त्यही संक्रमण हुँदा कता कता नमिठो अनुभुति भने भएको छ । पछिल्लो समयमा म र मेरो परिवार ९धर्मपत्नी० को नजिक सम्पर्कमा आउनु हुने सबै महानुभावहरुले सचेतना अपनाउनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु । यहाँहरुको सद्भाव, सहयोग, सुभेच्छा तथा आर्शिवादले छिट्टै संक्रमणमुक्त भई सेवामा फर्कन सक्ने नै छु ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रमुख जिल्ला अधिकारीको हैसियतले म बाट सम्पादन गर्ने कुनै पनि कार्य नरोकिने गरि प्रबन्ध गरेको छु।

 

Loading spinner