सिञ्चाई मन्त्रालयमा दर्जनौं उच्चपदस्थ कर्मचारीकाे सरुवा,ठूला आयाेजना निमित्तकै भरमा

khabarwave
१६ भाद्र २०७७

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयस्रोतकाअनुसार ५ नम्बर प्रदेशबाट गतहप्ता सरुवा भएका नुरमहमद खालाई मन्त्रालयको कार्यक्रम, बजेट तथा अनुगमन महाशाखाको जिम्मेवारी दिइएको छ । इरिगेशन समूहका खा ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव पदमा कार्यरत थिए ।

त्यस्तै सु.ई. नियाज वारिसलाई जलश्रोत तथा सिञ्चाई विभागको उपमहानिर्देशक बनाइएको छ । मन्त्रालयमा कार्यरत महेश्वर श्रेष्ठलाई जलश्रोत अनुसन्धात तथा विकास केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । कौशल किशोर झालाई विभागकै आकाश दरबन्दीमा सरुवा गरिएको छ । पुष्करनाथ घिमिरेलाई जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना निर्देशक पदमा, टिकाराम बराललाई समुदाय व्यवस्थित सिञ्चित कृषिक्षेत्र आयोजनाको आयोजना निर्देशकको जिम्मेवारी दिइएको छ । उनीहरु सबै सहसचिव लेबलका कर्मचारी हुन् । त्यस्तै उपसचिव राजेन्द्रप्रसाद शाहलाई कोशी पम्प चन्द्रनहर सिञ्चाई व्यवस्थापन कार्यालय सप्तरीको कामु आयोजना निर्देशक, प्रसुन्न मिश्रलाई नारायणी सिञ्चाई व्यवस्थापन कार्यालय पर्साको कामु आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै सुरेशकुमार शर्मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको कामु आयोजना निर्देशक, कृष्णराज पाठकलाई जलश्रोत तथा सिञ्चाई विभागमा, रुकमाङगद खनाल सिञ्चाई तथा जलश्रोत व्यवस्थापन आयोजना, भिलानन्द यादव सुनसरी मोरङ सिञ्चाई आयोजनाको कामु आयोजना निर्देशक, आनन्दप्रकाश धामी जलश्रोत तथा सिञ्चाई विभाग, राजु आचार्य बबई भादाऔराही नदी व्यवस्थापन आयोजना, कृष्णप्रसाद रिजाल बागमती सुधार आयोजना, कैलाश श्रेष्ठ कोशी तथा बक्रा नदी व्यवस्थापन आयोजना, ईश्वरीप्रसाद तिवारी भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सन्तोषकुमार चौधरी समृद्ध तराई मधेश विशेष कार्यक्रम ललितपुर, बद्री कार्की प्रगान्न बडकापथ सिञ्चाई आयोजना दाङ, राजन भट्टराई जलस्रोत अनुसन्धान तथा विकास केन्द्र ललितपुर, मनोरञ्जनकुमार सिंह जनताको तटबन्ध कार्र्यक्रम कञ्चनपुर, नारायणप्रसाद सुवेदी र निदेश पौडेल सिञ्चाई विभाग, श्रीप्रसाद साह पालुङटार कुण्डुटार सिञ्चाई आयोजना गोरखा, जितबहादुर थापा वृहद दाङ उपत्यका सिञ्चाई आयोजना दाङ, अनुभव चौधरी रानीजमरा कुरलिया सिञ्चाई आयोजना कैलाली, रमानान्दा दास बबई सिञ्चाई आयोजना, अखलाख अहमद सिक्टा सिञ्चाई आयोजना, महेशकुमार मण्डल कोशी पम्प चन्द्रनगर सिञ्चाई व्यवस्थापन कार्यालय, रुपनारायण अधिकारी सुनसरी मोरङ सिञ्चाई आयोजना, अरुणकुमार यादव कोशी पम्प चन्द्रनगर सिंचाई व्यवस्थापन कार्यालय, यादव बराल, रमेशलाल कर्ण सुनसरी मोरङ सिञ्चाई आयोजना, अरुणकुमार यादव कर्णाली नदी व्यवस्थापन आयोजना, रामप्रसाद अर्याल सिक्टा सिञ्चाई आयोजना, देवराज निरौला राप द्वितीय जलश्रोत तथा सिञ्चाई विभाग, रंन्धीरकुमार साह बागमती मनुसमारा झाँझ सिञ्चाई व्यवस्थापन कार्यालय सर्लाही र विशाल दाहाल एकीकृत ऊर्जा तथा सिञ्चाई विशेष कार्यक्रम ललितपुरमा सरुवा गरिएको छ । ऊर्जा, सिञ्चाई तथा जलश्रोत मन्त्री वर्षमान पुनले गत आइतबार यति ठूलो संख्यामा मन्त्रालय मातहतका कर्मचारीहरुलाई सरुवा तथा पदस्थापना गरेका हुन् । सिक्टा सिञ्चाई आयोजनामा सहसचिव स्तरको कर्मचारी पठाउनु पर्नेमा मन्त्रि पुनले उपसचिव स्तरका लोकबहादुर थापालाई नै निरन्तरता दिएका छन् । सरुवा तथा पदस्थापना गरिएका केही कर्मचारीहरुले पत्र बुझिसकेको भए पनि अधिकांश कर्मचारीले पत्र बुझेका छैनन् ।

Loading spinner