सार्वजनिक बसमा बलात्कार गरेको अभियोगमा २ पक्राउ

khabarwave
१८ आश्विन २०७७

काठमाडौं ।महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।

पक्राउ परेकामा सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् । भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ । घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।

Loading spinner