
सामान्य प्रशासन मन्त्रालयले चलायाे करिब १ दर्जन सहसचिव , काे-कहाँ ?
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा कार्यालयमा करिब १ दर्जन सहसचिवलाई सरुवा गरिएकाे छ । मन्त्रालय स्राेतकानुसार यसरी सरूवा गरिएकाहरूमा अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरुङ प्रधानमन्त्री कार्यालय छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल , श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, बाग्मति प्रदेश प्रदेश प्रमुख कार्यालयका मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयका नारायण भट्टलाई प्रदेश प्रदेश प्रमुख कार्यालयमा सरूवा गरिएकाे छ । सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।