सातवटै प्रदेशमा  बिपी काेइराला  प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

khabarwave
२८ माघ २०७७

काठमाण्डाै । बीपी कोइराला साेसलिष्ट इन्टरनेशनल नेपाल नामक संस्था स्थापना भएकाे छ । समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा  थापाको नेतृत्वमा संस्था स्थापना भएकाे हाे ।  राजनीति तथा सामाजिक क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थापा  गिरिजाप्रसाद कोइराला फाउन्डेसन प्रदेश नं १ काे पूर्बसंयाेजक,  राष्ट्रिय महिला फुटबलकाे क्याप्टेन समेत रहनुभएका थापा, राष्ट्रिय खेलकुद परिषदको  पूर्वसदस्य रुपमा समेत आफ्नो भूमिका निभाउनुभएकाे छ ।  केयर वूमन नेपालकाे अध्यक्ष थापा  नेपाली कांग्रेस धनकुटा को क्षेत्रीय सभापति तथा महासमिति सदस्यसमेत  हुनुहन्छ ।  थापाको नेतृत्वमा स्थापित उक्त संस्थाकाे महासचिवमा डा. तुल्सी गाैतम , सदस्यहरुमा प्राडा. जीवराज पोखरेल, डा. जयबहादुर  टण्डन , डा. राजकुमार राई,    वरिष्ठ अधिवक्ता सिताराम केसी र हरि प्रसाद ढुङ्गाना रहेका छन् । उक्त संस्था गैरनाफामूलक संस्थाकारूपमा कम्पनी रजिस्ट्रार कार्यालय काठमाण्डाैमा  केहिदिन अघि  दर्ता गरिएकाे हाे ।

उक्त कार्य समितिको  काठमाडौंमा सम्पन्न  बैठकले सातवटै प्रदेशमा   बिपी काेइराला  प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ । संस्थाकी अध्यक्ष इन्दिरा  थापाकोको अध्यक्षतामा बसेकाे बैठकले  बिपी सम्बन्धी  राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन अनुसन्धान गर्ने ,  पुस्तक  प्रकाशन गर्ने ,संग्रालय बनाउने र बिपी  समाजबाद सम्बन्धी  नीति र  विचारलाई गाउँसम्म पुर्याउने निर्णय  गरेको छ ।  बिपी सम्बन्धी सम्बन्धी बिचार र नीति मुलुकालागि अझै अपरिहार्य रहेकाे हुँदा संस्थागत पहलबाट त्यसलाइ अघि बढाउन  संस्था  स्थापना गरिएकाे संस्थाकी  अध्यक्ष  थापाले बताउनुभयो ।

Loading spinner