सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित

khabarwave
१९ कार्तिक २०७७

काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ ।सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।

आयोगले असोज १८ गते ११ औं र ९‍‍औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।राजपत्रांकित प्रथम र द्वितीय श्रेणी ९प्राविधिकरअप्राविधिक० र स्वास्थ्य सेवाका ११औं र ९औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

 

 

 

Loading spinner