सर्वोच्च अदालत पुगेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश, २९ गते दुवै पक्षलाई बोलाइयाे

khabarwave
२७ भाद्र २०७८

काठमाडौं । सर्वोच्च अदालत पुगेका दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी भएको छ । नेकपा एमालेबाट नेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका थिए ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो ।एमाले सांसदहरु पाण्डे र भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका    थिए ।

Loading spinner