
सर्वेक्षण गर्न करारमा कर्मचारी माग
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातकाे कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो ।
इच्छुक स्वास्थ्यकर्मीले १५ दिनभित्र दरखास्त दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख गरिएकाे छ ।