सर्वदलीय बैठकमा प्रधानमन्त्रीकाे आक्राेश-संसदीय कामकारबाहीमा सभामुखले भाँजो हाले

khabarwave
४ बैशाख २०७८

काठमाण्डाै । लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले सर्वदलीय बैठक बोलाएको बताएका प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाए ।

बैठकमा सहभागी नेताहरूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रण लगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएका थिए ।बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन् ।

Loading spinner