सर्वदलीय बैठकमा प्रचण्ड, माधव र झलनाथलाई बाेल्न निषेध, सरकारको चर्को आलोचना, काँग्रेसले भन्याे- राजावादी सडकमा आउनुमा सरकारकै कार्यशैली जिम्मेवार

khabarwave
२३ मंसिर २०७७

काठमाडौं ।  बालुवाटारकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले  राजावादीविरुद्ध एकजुट हुन आह्वान गरेका छन । उनले बैठकको सुरूमै प्रतिगमनकारी शक्ति सलबलाएको बताएका थिए ।

त्यसपछि बोल्ने राजनीतिक दलका नेताहरुले सरकारको कार्यशैली, व्यवहार र संविधान कार्यन्वयनमा देखाएको बेवास्ताका कारण विभिन्न स्वार्थ समूहका नाममा सडक आन्दोलन, हिंसा र अराजकता बढ्न पुगेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । बैठकमा सहभागी सत्तारुढ दलका तर्फबाट पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाइए पनि उनीहरुलाई बोल्नका लागि समय भने छुट्याइएको थिएन । बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । त्यस्तै काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहोरा र जनमोर्चाका जनकराज शर्मा तथा नेमकिपाका प्रेम सुवाल सहभागी थिए

बोल्नेहरु सबैले सरकारको आलोचना गरेको गरेका थिए । उनिहरूकाे भनाइ थियाे-सरकारले ठीक ढंगले काम गर्न नसकेको, संविधानको सहि कार्यान्वयन हुन नसकेको, संघीयताको सहि कार्यन्वयन गर्न नसकेको, जनताको आर्थिक विकास गर्न नसक्दा जनता असन्तुष्ट छन् । यो असन्तुष्टिलाई प्रतिगामीहरुले उपयोग गरे भन्ने धारणा आएको सुनियो । तर सबैले सरकारकै आलोचना गरेपछि प्रधानमन्त्री निरीह बनेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन्। ‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले भनेका थिए, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ।’बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए। बैठकमा निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको पनि बताएका छन्।

तीन घण्टा चलेको बैठकमा कांग्रेस सभापति देउवा भने धेरैबेर बसेनन्। उनले वरिष्ठ नेतालगायत पार्टीका नेताले कुरा राख्ने भन्दै बाहिरिएका थिए।काँग्रेसले बैठकमा सडकमा राजावादीदेखि लिएर अन्य समूहहरुले प्रदर्शन गर्नुमा पनि सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा  राखेको थियाे ।

राप्रपाका नेता दीपक बोहोराले राजासहितको लोकतन्त्र र हिन्दु राज्यका लागि सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने धारणा राखेपनि त्यसबारे कसैले कुनै जवाफ नदिएको बताए । ‘राजासहितको लोकतन्त्र र हिन्दु राज्यका लागि सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने भन्ने मैले धारणा राखे तर कसैबाट पनि जवाफ आएन’ बोहोराले बैठकपछि सञ्चाकर्मीमाझ बताए ।राष्ट्यि जनमोर्चाका महासचिव जनकराज शर्माले सरकारका कार्यशैलीहरुको व्यापक चर्चा भएको भन्दै भ्रष्टाचार बढेको, अनियमितता भएको र प्रतिगामीहरुले राष्ट्यिता र गणतन्त्रमाथि जसरी धावा बोल्नुमा सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा राखेको बताए । मंगलबारको सर्वदलीय बैठकमा अरुको धारणा सुनेपछि प्रधानमन्त्रीले आएका सुझाव, सल्लाह र आलोचनालाई गम्भिर रुपमा लिएको भन्दै सक्नेजति ग्रहण गर्ने बताएका थिए ।

 

 

 

 

Loading spinner