सरकारले नसुनेपछि उद्योगी व्यवसायीहरू राष्ट्रपतिकाे शरणमा

khabarwave
२८ भाद्र २०७७

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नु उपयुक्त हुने बताएका हुन् ।उद्योगी, व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा लगाएर कोरोना संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कोभिडको साथमा नै उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्नेआइतबारकाे भेटमा बताउदै परिसंघका पदाधिकारीले गम्भीर परिस्थितिबाट गुज्रिरहेको भन्दै  आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा बन्द गर्नुपर्ने धारणा राखेका छन् । संक्रमण फैलिएको ठाउँमा मात्र निषेधाज्ञा गर्ने र संक्रमितको राम्रो उपचारको व्यवस्था गरेमा उद्योग व्यवसाय चलायमान राख्न सकिने र अर्थतन्त्रमा नकारात्मक असर पनि नपर्ने परिसंघका पदाधिकारीको सुझाव दिएका परिसं‌घले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परिसंघले उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाई काममा लगाउने भन्दै संक्रमण भेटिएमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ ।

 

Loading spinner