सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने निर्णय गर्दै स्थायी समिति बैठक सम्पन्न

khabarwave
२६ भाद्र २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  स्थायी समिति को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको बताइएको छ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बसेकाे हो ।स्थायी कमिटीको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिवाद समाधानका लागी महासचिव विष्णुप्रसाद पौडेलकाे संयाेजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए । उक्त कार्यदलले प्रतिबेदन बुझाएपछि त्यसैका बारेमा छलफल गर्न  स्थायी कमिटीको बैठक बाेलाउनु पर्ने निर्णय सचिबालय बैठकले गरेपछि शुक्रबार स्थायी कमिटीकाे बैठक भएकाे हाे ।

बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल भएकाे थियाे।

Loading spinner