सरकारकाे हस्तक्षेप बालुवाटारमा छताछुल्ल, अधिकार माग्नेहरूमाथि लाठीचार्ज र पानीको फोहोरा प्रहार

khabarwave
१२ माघ २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा  दर्जनौँ अभियन्ता घाइते भएका छन । प्रहरीले हस्तक्षेप गर्नुकाे साथै  त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।

अभियन्ताहरूले कमलपोखरीको माटो लगाएर सुरु गरेकाे  र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको बताइएकाे छ ।  प्रहरीकाे लाठीचार्ज पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी,संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत घाइते भएकाे बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले उक्त कार्यक्रम गरेका थिए ।

Loading spinner