सत्तारुढ दलका सांसदबाट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

khabarwave
२५ आश्विन २०७७

काठमाण्डाै। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध  अविश्वासको प्रस्ताव दर्ता भएको छ ।अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका पनि अहिले सार्बजनिक भएकाे हाे  ।

उनीहरूले नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको  आरोप लगाएका छन ।

कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् ।

Loading spinner