सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नीमा कोरोना भाइरस संक्रमण

khabarwave
१३ कार्तिक २०७७

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बिहीबार बिहान सामाजिक सञ्चालमार्फत उनले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्चालमार्फत उनले लेखेका छन -गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।

Loading spinner