सचिव पदमा मणिरामकाे बढुवा, समितिकाे निर्देशनलाई सरकारकाे अबज्ञा, पोखरेल भए एआइजी

khabarwave
२५ मंसिर २०७७

काठमाडौँ ।  सहसचिव(प्रा) मणि राम गेलाल सचिव पदमा बढुवा भएका छन  । गेलाल सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रूपमा कार्यरत थिए ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका इन्जिनियर गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो ।

यसैगरी सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाइ प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ  ।गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई सिफारिस गरेको थियो । सिफारिस बिरूद्व  उजुरी परेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर  मन्त्रिपरिषद् बैठकले बढुवा समितिको बैठकले सिफारिस गरेका पोखरेललाई डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

Loading spinner