सचिवालयदेखि सचिबसम्मकाे बेग्लाबेग्लै लिष्ट, उद्योग विभागकाे काम प्रभाबित
काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाइ उद्योग विभागमा तेराे कि मेराे शाखा अधिकृत पठाउने भन्ने बारेमा हानाथाप भएको छ । मन्त्रालय मातहात रहेको उद्योग विभागमा जानकै लागि भनेर हाल करिब आधा दर्जन शाखा अधिकृत सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएपछि उद्योग मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेकाे छ ।
उता विभागमा शाखा अधिकृत नभएर शाखाहरुकाे काम प्रभावित बन्न पुगेको अवस्थामा मन्त्रालयले भने कर्मचारीलाई पठाउन सकेको छैन । मन्त्रीको सचिवालयले उद्योग विभाग पठाउनेको नाम लिष्ट एउटा दिन्छ भने राज्यमन्त्रीको सचिवालय अर्कै लिष्ट । मन्त्रालयमा कार्यरत शाखा अधिकृत विगत लामो समयदेखि बसिरहेकाले आफुहरू जान पाउनुपर्ने छुट्टै माग छ , उनिहरूकाे तर्क छ – नयाँ आउनेलाई मन्त्रालय राख्नुपर्ने आफूहरुले आफूहरू जान पाउनुपर्छ । सचिब चन्द्र घिमिरेले अलग्गै लिष्ट थमाएका छन् ।
यी कारणले गर्दा मन्त्रालय प्रशासनलाइ शाखा अधिकृत विभागमा पठाउन फलामको चिउरा चपाउनु सरह भएको छ । मो समयदेखि विभागमा केहि शाखा अधिकृतकाे दरबन्दी रिक्त छ भने कम्पनी रजिष्ट्रारका कार्यलयमापनि कर्मचारी पुरा छैनन।