सचिबहरू काे कसकाे कता पदस्थापना ?

khabarwave
२९ असार २०७८

काठमाडौं।  बढुवा भएका दुई सचिव र प्राविधिक तर्फ बढुवा भएका एक सचिवलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । बढुवा भएका कृष्णहरी पुष्कर र सोमबार बढुवा भएका खगेन्द्रप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त तर्फ पदस्पथापन भएको छ भने प्राविधिक तर्फ सोमबार नै बढुवा भएका राजेन्द्रप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको बताइएकाे छ।

प्रशासन तर्फ बढुवा भएका सचिवको प्रदेश प्रमुख सचिवमाा पदस्थापन हुने भए पनि प्रदेश प्रमुख सचिव सरुवा नगरिएकाले बढुवा भएका दुई सचिवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा पदस्थापन गरिएको हो । प्राविधिक तर्फ भने नेपाल ट्रष्टको कार्यालयमा सचिव भने केहि दिन अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विज्ञानमा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो ।

Loading spinner